एसपीए स्टार्टअप फन्डको दोस्रो संस्करण घोषणा

  शनिबार ०५, असोज २०८१ १२:०८

धनगढी । धनगढीको एसपीए कलेजले युवाहरूलाई उद्यमशील बनाउने र उनीहरूको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित ‘एसपीए स्टार्टअप फन्ड–२०२४’ को घोषणा गरेको छ।

नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले दोस्रो पटक १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो। एसपीए स्टार्टअप फन्डको पहिलो संस्करण अन्तरगत एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौट भएको थियो।

भने उनलाई कलेजले एसपीए स्टार्टअप फन्डको नियम अनुसार १० लाख रुपैयाँ प्रदान गरी सकेको छ । कुनै नयाँ विकास वा आविष्कारका लागि सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो। एसपीए कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउन फन्डमा आवेदन दिन सक्नेछन्।

आवेदन दिएका मध्ये कुनै एक प्रस्तावले आवश्यकता अनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरूले रकम पाउन सक्नेछन्। युवाहरू को हरेक कुरा नयाँ ढङ्गबाट प्रस्तुत गर्न सक्ने क्षमताको कदर गर्दै यस्ता सोच भएका युवाहरूलाई अगाडि बढाउन साथ, हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले कलेजले स्टार्टअप फन्डको घोषणा गरेको बताउँदै फन्डका संयोजक मनोज भट्टले नवीन सोच, योजना, सपना र आइडियाहरूलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने बताए।

घोषणा भएको स्टार्टअपका लागि आगामी असोज ६ गतेदेखि कार्तिक १५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेल  [email protected]  गुगल फर्म  https://forms.gle/44SjLU2fSNQnHoEt5  र फोन नम्बर ०९१–५२३०९२, ९८४३१५०५०४ मनोज भट्ट, ९८४२२४११३१ तारा प्रसाद रोकायामा फोन गरी विस्तृत जानकारी तथा प्रस्तावना पठाउन सकिनेछ। एसपीए कलेजले युवाहरूको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको छ। नबिल बैंकसँगको सहकार्यमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप ९नबिल एसएसई० कार्यक्रम लागु गरिएको छ। 

clock शनिबार ०५, असोज २०८१ १२:०८

प्रतिक्रिया