बझाङमा चितुवाको छालासहित एक जना पक्राउ

  शनिबार ०५, असोज २०८१ ०६:४७

बझाङ । बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। 

जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो।

साथै उनको साथबाट खैरो रंगको दाँत, र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

clock शनिबार ०५, असोज २०८१ ०६:४७

प्रतिक्रिया