कैलालीको चुरेमा करेन्ट लागेर बालकको मृत्यु

  शनिबार ०५, असोज २०८१ ०६:४४

धनगढी । कैलालीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ। 

क्षेत्रीलाई घरमा कोही नभएका बेला खेल्ने क्रममा पानी तान्ने मोटरले करेन्ट लाग्दा घाइते भएका थिए। 

उनको निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए। 

क्षेत्रीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

clock शनिबार ०५, असोज २०८१ ०६:४४

प्रतिक्रिया