कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

  शुक्रबार ०४, असोज २०८१ २०:४७

कञ्चनपुर । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको पानीमा डुबेर मृत्यु भएको हो ।

उनको शुक्लाफाँटा–११ दीपनगरमा सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । 

माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०४, असोज २०८१ २०:४७

प्रतिक्रिया