अत्तरियाको होटेलमा एक जना मृत फेला

  शुक्रबार ०४, असोज २०८१ २०:४४

कैलाली । कैलालीको अत्तरियामा होटेलभित्र एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका-२ रिङरोडस्थित बैतडी–पुर्चौडी होटेलमा डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार मृत फेला परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

clock शुक्रबार ०४, असोज २०८१ २०:४४

प्रतिक्रिया