धनगढीको क्याम्पस चोकबाट ६ जना जुवाडे पक्राउ

  शुक्रबार ०४, असोज २०८१ ०७:४४

धनगढी । कैलालीको धनगढी स्थित क्याम्पस चोकबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ३४० र १ गड्डी ताससहित बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock शुक्रबार ०४, असोज २०८१ ०७:४४

प्रतिक्रिया