धनगढीमा अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष बम बेहोस भेटिए

  बिहिबार ०३, असोज २०८१ २१:२९

धनगढी । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो प्रदेश सम्मेलनमा आएका एक जना बेहोस् अवस्थामा भेटिएका छन् ।

प्रदेश सम्मेलनमा प्रतिनिधिका रुपमा आएका बैतडीको पुर्चौडी नगरपालिकाका गणेश बम बिहीबार रातो पुलको मुनी बेहोस अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ । उनी अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष समेत हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहोराले बमलाई बेहोस अवस्थामा फेला पारेर उपचारका लागि निसर्ग अस्पताल धनगढीमा भर्ना गरिएको जानकारी दिए । निसर्ग अस्पतालमा उपचाररत बम अझै होस्मा नआएको उनले बताए ।

प्रहरीकाअनुसार क्रान्तिकारीको प्रदेश सम्मेलन सकिएपछि बम अन्य दुई जना नेतासँग बुधबार राति धनगढीकै एक होटलमा बास बसेका थिए तर उनी राति होटलबाट कसरी रातो पुलमुनी पुगे रु भन्ने कुरा खुलेको छैन । त्यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

होटलमा उनीसँगै नवनिर्वाचित क्रान्तिकारीका प्रदेश सचिव रोहित जोशी र दार्चुलाको गोकुलेश्वर क्याम्पसका स्वकीयु सभापति नवीन बिष्ट पनि रातोपुलस्थित चौलानी होटलमा सुतेका थिए । प्रहरीले उनीहरुमाथि सोधपुछ गरिरहेको छ ।

clock बिहिबार ०३, असोज २०८१ २१:२९

प्रतिक्रिया