धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने

  बिहिबार ०३, असोज २०८१ २१:२३

धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा यही असोज ५ गतेदेखि १२ गतेसम्म क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

युवा क्लवले बिहीबार धनगढीको काठमाडौं केटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रिकेट प्रतियोगिता आयोजना र तयारीबारे जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका सल्लाहकार किशोर शाहले जानकारी दिए । दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५र२५ सय हात पार्नेछ ।प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदान (महोत्सव लाग्ने ठाउँ) मा खेलाइने प्रतियोगिता सयोजक हिमान्सु बोहराले बताए ।

क्रीकेटको शहर भनेर धनगढी लाई चिनाएपनि प्रतियोगिता सन्चालन गर्न निकै कठिन रहेको सल्लाहकार शाहले बताए । मैदान अभावकै बिचपनि खुल्ला मंचमा प्रतियोगिता गर्न लागेको उनले बताए ।

clock बिहिबार ०३, असोज २०८१ २१:२३

प्रतिक्रिया