नेपाल सरकारद्वारा धनगढीको माया मेट्रो अस्पतालका डाक्टर हरि पौडेल बिभुषित
धनगढी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत बरिष्ठ न्युरो सर्जन डाक्टर हरि पौडेललाई बिभुषित हुने भएका छन् । शिक्षा दिवशको अवशरमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले डाक्टर पौडेललाई बिभुषित गर्ने निर्णय गरेको हो ।
न्युरो सर्जरी बिषयमा एमसि. एच गरेका उनलाई शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले नेपाल बिद्याभुषण (क) बिभुषित गर्न लागेको हो । मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको थियो ।
मन्त्रालयबाट बिभुषित हुनेमा डाक्टर पौडेलको नामपनि समावेश गरिएको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट बिभुषित हुने ब्यक्तीहरुको नाम सार्वजनिक भए सगैं डाक्टर पौडेलले खुशी ब्यक्त गरेका छन् ।
आफुले प्राप्त गरेको शिक्षा र अनुभवको सम्मान गर्दै नेपाल सरकारबाट बिभुषित हुन पाउँदा निकै खुशी लागेको डाक्टर पौडेलले स्टेटसेभेनलाई बताए । विद्या भूषण ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया