दाजु बहिनिको प्रेम सम्बन्ध, परिवारबाट हाडनाता मुद्धामा कारागार, सगैं मर्ने कसम खाएर बिस सेवन

  बिहिबार ०३, असोज २०८१ १३:००

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिकको ३१ भदौमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो । जबरजस्तीकरणी र हाड नाता करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका बिक जिल्ला कारागारको शौचालयमा लडिरहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रादेशिक अस्पताल पुगाएको थियो । तर बिकको सोही दिन उपचारकै क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बिकको मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पहरी थरकी ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनकाअनुसार ती किशोरी मृतक बिककी प्रेमिका मात्र नभएर आफ्नै काकाकी छोरी भएको खुलेको छ । नातामा दाजुबहिनी पर्ने उनीहरुबीच प्रेम सम्बन्ध रहेको थियो । उनै किशोरीलाई जबरजस्तीकरणी र हाडनाता करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भए्र बन्दी जीवन बिताइरहेका थिए । कतिपयले बिकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानका क्रममा बिकको सलपास नामक विषादी सेवन गरेर मृत्यु भएको देखिएको बताए । उक्त सलपास प्रेमिकामार्फत नै कारागारभित्र रहेका मृतकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाई छ भने युवकको सुसाइड नोट समेत फेला परेको छ । प्रहरी स्रोतकाअनुसार ३४ पृष्ठ लामो सुसाइड नोटमा बिकले दुवै जनाले सँगै मर्ने बाचा गरेअनुसार मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् ।

दिपकले ३७ पन्ने सुसाईट नोटमा दिपकले आफ्ना बा–आमा, बाजे–बज्यै, भाईहरु, फुपु, साथीहरु, आफुले प्रेम गरेकी महिला, उनका आफन्त सबैका बारेमा मिति र शिर्षक हालेर ‘सुसाईड नोट’ लेखेका छन ।

दिपक र उनकै परिवारभीत्रको बहिनी नाता पर्ने घोडाघोडी–१ नाम परिवर्तनका बीचमा केही वर्ष अघि प्रेम सम्बन्ध थियो । दिपक बालिग भईसकेपनि घोडाघोडी–१ नाबालिग भएकाले र हाडनाता पनि पर्ने भएकाले उनीहरुको प्रेमप्रति परिवारको सहमति हुने कुरै भएन । परिवारका सदस्यहरुले उनीहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु परिवारबाट छुटकारा पाउन भारत जान्छन । उनीहरु श्रीमान÷श्रीमतीझैं भारतमा बस्छन । घोडाघोडी–१ गर्भवती हुन्छिन तर परिवारका सदस्यहरुको उनीहरु बीचको हाडनाताको सम्बन्ध टुटाउने प्रयत्न जारि रहन्छ । परिवारका सदस्यहरु उनीहरुलाई ललाई फकाई भारतबाट नेपाल ल्याउछन । उनीहरुको विधिवत विहे गरिदिने भनेर ललाई फकाई गरेपछि भने दुबैजना नेपाल आउन तयार हुन्छन ।

तर नेपाल आएपछि परिणाम फरक हुन्छ । दिपकका विरुद्ध घोडाघोडी–१ लाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्धा पर्छ भने गर्भवती रहेकी घोडाघोडी–१ लाई गर्भपतन गराईन्छ । प्रहरीले दिपकलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा मुद्धा चलाउछ । २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले दिपकलाई पुर्पक्षका लागि कैलाली कारागार पठाउछ । दिपकले कारागार गएपछि उनको र घोडाघोडी १ को सम्बन्धमा कुनै बदलाव देखिदैन । कैलाली कारागारका प्रमुख दिपकराज पाण्डे भन्छन, कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि घोडाघोडी १ दिपकलाई भेटन आउन सुरु गर्छिन ।

कैलाली कारागारको रजिष्टरमा घोडाघोडी–१ भदौको २६ गते दुुई किलोको डब्बामा अचार र केही फलफूल लिएर करागार प्रवेश गरेको देखिन्छ । कारागारको सिसि क्यामेरामा पनि घोडाघोडी १ ले अचार चाखेको पनि देखिन्छ तर प्रहरीले अचारको डब्बाको भीत्र नहेर्नु भने त्रुटी रहेको देखिन्छ ।

clock बिहिबार ०३, असोज २०८१ १३:००

प्रतिक्रिया