धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यानको शहरीविकास मन्त्री सिंहद्वारा सिलान्यास

  मङ्गलबार ०१, असोज २०८१ १७:५५

धनगढी । धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान (पार्क) मा भवन निर्माणको सिलाल्यास गरिएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले मंगलबार सिलान्यास गरेका हुन ।

धनगढी उपमहानगरपालिकाको स्थापना दिवशमा सम्बोधन पछि शहरी विकास मन्त्री सिह सिधै वीरेन्द्र–ऐश्वर्य उद्यान पुगेका थिए । उद्यानको धनगढी उपमहानगरले ३६करोडको डिपिआर तयार पारेको छ । 

डिपिआर अन्तर्गतको पुर्व र दक्षिण तर्फको सटरहरु सहितको भवन शहरी विकासले ठेक्का लगाएको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का लगाई सकेको छ । 

नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता गरिएको थियो । उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । 

निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्नेगरी सम्झौता भएको छ । धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो । 

पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो । उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय ९स्र्टाट अफ बिजिनेस० गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ ।

clock मङ्गलबार ०१, असोज २०८१ १७:५५

प्रतिक्रिया