कक्षा १२ को परिक्षामा उत्कृष्ठ अकं ल्याउने कैलाली मोडलका विद्यार्थी पाण्डे सम्मानीत

  मङ्गलबार ०१, असोज २०८१ १७:४४

धनगढी । कक्षा १२ को परिक्षामा उत्कृष्ठ अकं ल्याउने धनगढीका २ जना बिद्यार्थीहरुलाई उपमहानगरपालिकाले सम्मान गरेको छ । 

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशको अवशरमा १ सामुदायिक र १ संस्थागत बिद्यालयका २ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो । 

२०८० सालको नगर स्तरिय आधारभुत तह परिक्षामा उत्कृष्ठ बनेका उनिहरुलाई सम्मान गरेको हो ।  

कक्षा १२ को परिक्षामा सर्वाधिक अंक ल्याएका संस्थागत तर्फ ३ दशमलव ९२ जिपिए ल्याउने कैलाली मोडलका विद्यार्थी निराजन पाण्डे र तीन दशमलव ६६ जिपिए ल्याउने त्रिनगर माविका सुनिल भट्ट सम्मानित भएका छन्।


१० औँ स्थापना दिवशका प्रमुख अतिथि उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाश मान सिहंले बिद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । उनिहरुलाई जनही नगद २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको छ ।

clock मङ्गलबार ०१, असोज २०८१ १७:४४

प्रतिक्रिया