धनगढीमा सडक दुर्घटनामा परेर वरिष्ठ कलाकार बोगटी गम्भीर घाइते

  मङ्गलबार ०१, असोज २०८१ १६:०७

धनगढी । देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटी गए राति दुर्घटनामा परेर घाइते भएका छन् । गए राति साइकलमा हिडिरहेका उनलाई धनगढी उपमहानगरपालिका – ६ जालीमा हाइसले ठक्कर दिँदा घाइते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनेको धनगढी स्थित माया मेट्रो हस्पिटल उपचार भइरहेको छ । उनी हालसम्म अचेत अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५२८ नम्बरको हाईस र चालक नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन ।

clock मङ्गलबार ०१, असोज २०८१ १६:०७

प्रतिक्रिया