धनगढी-महेन्द्रनगर द्रुत बस सेवा शुरु

  मङ्गलबार ०१, असोज २०८१ ०९:४५

धनगढी । सुदुरपश्चिम प्रदेश सरकार, सुन्दर सुदुरपश्चिम यातायात प्रालि र महाकाली यातायात प्रालिको संयुक्त साझेदारीमा आजबाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा संचालनमा आएको छ । 

द्रुत बस सेवाको नेपाल यातायात ब्यबसायी महासंघका प्रदेश संयोजक टेकराज जोशी, यातायात ब्यबस्था कार्यालय सेतीका प्रमुख नरेन्द्र बहादुर शाह र सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले संयुक्त रुपमा उदघाटन गरेका छन । 

सरकारी कर्मचारी, अत्यावश्यक कामका लागि पुग्नु पर्ने सर्बसाधार र यात्रुहरुको सहजताको लागि प्रदेश सरकारको आग्रहमा द्रुत बस सेवा संचालनमा ल्याएको प्रालिका अध्यक्ष सापकोटाले बताए ।

बसले धनगढी देखि महेन्द्रनगर र महेन्द्रनगर देखि धनगढी एकघण्टामा पुराउनेगरी यातायात संचालनमा ल्याइएको अध्यक्ष सापकोटाले बताए ।

धनगढी स्थित बसपार्कबाट बिहान ८:३० बजे छुट्ने द्रुत बस सेवा महेन्द्रनगरबाट साझ ५:३० छुट्ने संघका महासचिव सुरेन्द्र बोहराले बताए । 

धनगढी बसपार्कबाट छुट्ने बसले गोदावरी नगरपालिकाको अत्तरिया, कृष्णपुर नगरपालिकाको  गुलरिया, शुक्लाफाटा नगरपालिकाको झलारी, बेदकोट नगरपालिकाको दैजि र भिमदत्त नगरपालिकाको बसपार्क गरि पांच स्थानबाट मात्रै यात्रुहरु चढाउने र ओराल्ने कार्य गरिने प्रालिका महासचिव बोहराले बताए ।
 

clock मङ्गलबार ०१, असोज २०८१ ०९:४५

प्रतिक्रिया