कैलाली कारागार भित्रै थुनुवाको मृत्यु

  मङ्गलबार ०१, असोज २०८१ ०८:४०

धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाड नाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ को २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिएका बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

बिकको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको बोहोराले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् । कारागारको लापरबाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको उनका अङ्कल ।नेत्र पहराईले बताए । 

 केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड जोर्नी करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए । 

clock मङ्गलबार ०१, असोज २०८१ ०८:४०

प्रतिक्रिया