दोस्रो एएमसी कपको उपाधि त्रिपुरा सुन्दरी क्याम्पस अछामलाई

  सोमबार ३१, भदौ २०८१ २०:३७

धनगढी ।  दोस्रो एएमसी कपको उपाधि त्रिपुरा सुन्दरी क्याम्पस अछामले हात पारेको छ । त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बझाङलाई ३–० को सोझो सेटमा हराएर एएमसी कपको उपाधि हात पार्न त्रिपुरा सुन्दरी क्याम्पस अछाम सफल भएको हो ।

उपाधिसगैं त्रिपुरा सुन्दरी क्याम्पस अछामले नगद १ लाख ११ हजार सहित ट्रफि मेडल सहित प्रमाणपत्र हात पारेको छ भने बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पसले द्वितीय हुँदै ६१ हजार सहित ट्रफि मेडल सहित प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यस्तै आयोजक ऐश्वर्य बहुमुखी क्याम्पस तृतीय हुँदै नगद ३० हजार सहित ट्रफि मेडल सहित प्रमाणपत्रमा चित्त बुझाएको हो । भदौ २९ गते नै सम्पन्न हुने खेलमा विवाद सिर्जना भएपछि आज फाइनल खेल खेलाइएको थियो ।

दोस्रो प्रदेश स्तरीय एएमसी कपका विजेता, उपविजेता , र तेस्रो स्थान विजयी खेलाडी टोलीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेर एएमसी कपको आज नै समापन गरेको आयोजकले जनाएको छ ।

clock सोमबार ३१, भदौ २०८१ २०:३७

प्रतिक्रिया