खाजा खानेक्रममा विवाद हुँदा कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार

  आइतबार ३०, भदौ २०८१ २२:१४

कञ्चनपुर । कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङमाथि खुकुरी प्रहार गरेका हुन्।

एक होटलमा खाजा खानेक्रममा दुई जनाबीच आपसमा विवाद हुँदा तिलकले प्रेममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। तिलक सोहि होटलमा काम गर्छन भने तामाङ खाजा खान गएका थिए। खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाढी बढाएको छ।

clock आइतबार ३०, भदौ २०८१ २२:१४

प्रतिक्रिया