धनगढीबाट लागूऔषधसहित कृष्णपुरका ३ जना पक्राउ

  आइतबार ३०, भदौ २०८१ १४:२३

धनगढी । धनगढीमा लागूऔषधसहित कृष्णपुर नगरपालिकाका ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्टराई २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन्।

तिनै जनालाइ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित शनिबार दिउँसो कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

clock आइतबार ३०, भदौ २०८१ १४:२३

प्रतिक्रिया