सहकारी र जनतालाई छल गर्ने जो सुकै कानुनी दायरमा आउँने बलायरको दावी

  आइतबार ३०, भदौ २०८१ १३:४८

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी सभापति वीर बहादुर बलायरले शेरबहादुर देउवाको काखमा हुर्कन नपाएको भए म आज राजनीतिमा नहुने बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै सभापति बलायर सो कुरा बताएका छन् ।

‘काँग्रेस सभापति शेरबहादुर देउवा जीको पठनपाठन मेरै गाउँमा भएको हो’ सभापति बलायरले भने–‘मेरो बाल्यकाल उनकै सामीप्यमा हुर्किएकीका कारण मलाई राजनीतिमा आउने प्रेरणा पाए ।’ सभापति देउवा जनताका लागि निकै त्याग र बलिदान दिएको नेता हो उहाँका काम अहिले हामी जनता र कार्यकर्तामा माझ पुगाउन नसकेको उनले बताए ।

अहिलेका राजनीतिक दल र नेता कार्यकर्ता देउवाको पुराना योगदानलाई बिर्सेर गाली गरेको प्रति दुख हुँदै सभापति बलायरले उहाँबारे सिक्नु पर्ने धेरै उदाहरण रहेको बताएका छन् । देउवाले अहिलेको यो अवस्था र व्यवस्था ल्याउन निकै योगदान रहेको छ ।

अहिले काँग्रेस भएर आफ्नै पार्टी विरोध कार्यकर्तालाई अब नछोडिने उनले बताएका छन् । पार्टीका नीति र सिद्धान्तमा चल्न सबै नेता कार्यकर्तालाई समेत उनले निर्देशन दिएका छन् । प्रशिक्षणले नयाँ जोशजागरका साथमा गाउँ गाउँमा खटिन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेका नयाँ दलका नेता प्रति लक्षित गर्दै सभापति बलायरले त झन् गर्भबाटै भ्रष्टाचार र खुराफाती सिकेर आएको सभापति बलायरले बताएका छन् । सहकारी ठगी र जनतालाई छल गर्ने नेताहरू कानुनी दायरबाट उम्कन नपाउने समेत दाबी गरेका छन् ।

clock आइतबार ३०, भदौ २०८१ १३:४८

प्रतिक्रिया