सुदूरपश्चिममा ठुलो वर्षा रोकियो, कैलालीमा बाढीबाट ४३८ परिवार प्रभावित

  शनिबार २९, भदौ २०८१ ०७:००

धनगढी । सुदूरपश्चिममा बिहीबार देखि भइरहेको लगातारको वर्षा रोकिएको छ । गएरातिदेखि वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना छ । गएरातिदेखि वर्षा कम भए पनि नदीहरूमा पानीको बहाव भने घटेको छैन ।

लगातारको वर्षाले कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ४३८ परिवार प्रभावित भएका छन् । जसअन्तर्गत जानकी गाउँपालिकाका १५, कैलारी गाउँपालिकाका ५३, जोशीपुर गाउँपालिकाका ६० र भजनी गाउँपालिकाका ३१० परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीका अनुसार बाढीले घर डुबानमा परेका र घर भत्किएका १६२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जसमा जानकी गाउँपालिकाका ३२, टीकापुर नगरपालिकाका ११०, जोशीपुर  गाउँपालिकाका २, भजनी नगरपालिकाका १३, कैलारी गाउँपालिकाका २ र गोदावरी नगरपालिकाका ३ परिवार रहेको प्रशासनले जनाएको छ ।

clock शनिबार २९, भदौ २०८१ ०७:००

प्रतिक्रिया