कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ

  शुक्रबार २८, भदौ २०८१ १३:१२

धनगढी । कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । बिहीबार बर्दगोरिया गाउँपालिका–२ बौनियागाउँबाट लागुऔषधसहित ५ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बर्दगोरिया–२ बौनियागाउँ बस्ने ४० वर्षका रामबहादुर चौधरी २९ वर्षका राधेश्याम डगौरा, २६ वर्षका रतिराम चौधरी, बर्दगोरिया–३ रानिकुण्डा बस्ने २४ वर्षका ज्ञानेन्द्र विक र लम्कीचुहा नगरपालिका–८ बस्ने ३० वर्षका जनक  बडुवाल रहेका प्रहरीले बताएको छ ।

रामबहादुरको घरमा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम २१० मिलिग्राम, एन्ड्रोइड मोबाइल ४ थान, सादा मोबाइल १ थान, डिजिटल तराजु, कैची १र१ थान र नगद ७ हजार ५५० बरामद गरी पाँचै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

clock शुक्रबार २८, भदौ २०८१ १३:१२

प्रतिक्रिया