डोटीमा खोलाले बालिका बगायो, पहिरो खसेपछि दुई जना घाइते

  शुक्रबार २८, भदौ २०८१ १२:५०

डोटी । डोटीमा एक बालिकालाई खोलाले बगाएको छ । केआईसिंह गाउँपालिका-४ की ८ वर्षीया बालिका निर्मला चन्फलाई खोलाले बगाएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दूध बेच्न जाने क्रममा उनलाई बगाएको र बालिकाको खोजी कार्य जारी छ । डोटीको बडिकेदार गाउँपालिकाको टिमुटेमा ठूलो पहिरो खसेको डीएसपी भट्टराईले जानकारी दिए ।

''घरमाथिबाट पहिरो आएपछि च्यापिएर स्थानीय ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएका छन्,'' उनले भने, ''भागरथीको अवस्था गम्भीर छ भने उनलाई प्रहरीले स्वास्थ्य चौकी पुगाएको छ ।''

तुलारामलाई पनि प्रहरीले बोकेर स्वास्थ्य चौकी पुर्‍याइरहेको छ । पहिरो खस्दा दर्जनौँ चौपाया पनि च्यापिएर मरेका प्रहरीले जनाएको छ । '

clock शुक्रबार २८, भदौ २०८१ १२:५०

प्रतिक्रिया