प्रदेशसभा सदस्य पाठकको प्रश्न, ‘गेटामा एमविविएसको पढाई कहिलेदेखि हुन्छ ?’

  बिहिबार २७, भदौ २०८१ १६:२९

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले कैलालीको गेटामा एमविविएसको पढाई कहिलेदेखि हुने भनेर प्रश्न गरेका छन । प्रदेश सभाको विहीबारको बैठकमा आकष्मिक समय लिएर उनले यस्तो प्रश्न गरेका हुन ।

‘देशभरीका २५ ठाउँबाट एविविएसको पढाई हुने कुरा सुनीयो । सदूरपश्चिम बाहेकका ६ प्रदेशमा नीजि र सरकारी मेडिकल कलेजहरुमा पढाई हुने पनि थाहा पाईयो तर कैलालीको गेटामा ७ अर्वका पुर्वाधार बनिसक्दा पनि किन एमविविएसको पढाई भएन ?’ उनले प्रश्न गरे ।

प्रदेशसभा सदस्य पाठकले सुदूरपश्चिम स्वास्थ्यका धेरै सूचकहरुमा पछाडि परेको बताउदै भने, ‘सभामुख महोदय हामीले काठमाण्डौंको विभेदमा कहिलेसम्म परिरहनुपर्ने हो ? काठमाण्डौंको नजर सुदूरपश्चिममा कहिले पर्छ ? यस क्षेत्रका बालवालिकाले आफ्नै प्रदेशमा मेडिकल शिक्षा पढन कहिले देखि पाउछन ?’

प्रदेश सभा सदस्य पाठकले सुदूरपश्चिममा सरकारी लगानीको राम्रो अस्पताल नभएकाले भारतीय शहरहरुको यात्रा गर्नेपर्ने बाध्यता रहेको बताए । ‘सुदूरपश्चिमका जनताको भारतीय शहरहरुमा उपचार गर्ने यात्रा निरन्तर जारी छ । तर सरकारले सुदूरपश्चिम माथि सधैं सौतोलो ब्यवहार गरिरहन्छ, यस्तो किन ? हामीले कहिले सम्म यस्तो ब्यवसहार सहेर बसिरहने ?’ उनले भने ।

पाठकले गेटा मेडिकल विश्वविद्यालयप्रति प्रदेश सरकारको पनि चासो हुनुपर्ने बताउदै संसदमा त्यसबारे संकल्प प्रस्ताव पास गर्नुपर्ने माग गरे । ‘काठमाण्डौंका शासकहरु गेटाको विमानस्थलमा ओर्लिन्छन, सडक छेउमा बनेका पुर्वाधारहरु हेर्दै वारपार गर्छन तर तीनको नजर किन त्यसलाई सञ्चालन गर्नुपर्छ भन्नेमा पर्दैन ? किन ३ सय शैयाको अस्पताल बनाउनुपर्छ भन्नेमा पर्दैन ? पाठकले भने ।

उनले राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा रहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदको चालु अधिवेशनबाटै पास हुनुपर्ने माग पनि गरे ।

clock बिहिबार २७, भदौ २०८१ १६:२९

प्रतिक्रिया