कैलालीको अत्तरियामा भेटियो अत्यधिक विषादी भएको गोलभेँडा
धनगढी । कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ।
अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो।
विषादी अवशेष द्रुत विश्लेषण इकाईका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ। जुन खान अयोग्य हो।
प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ। ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ।
विषादी भेटिएको एक क्विन्टल गोलभेँडा पनि नष्ट गरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण इकाईले दैनिक तरकारी र फलफूलको नमुनाको विषादी परीक्षण गर्दै आएको छ।
प्रतिक्रिया