बैतडीमा जिप दुर्घटना : घाइते सविनाको मृत्यु

  बुधबार २६, भदौ २०८१ ०८:१४

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको छ।

सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा सविना गम्भीर घाइते भएकी थिइन्। उनलाई थप उपचारको लागि धनगढी ल्याइएको थियो। उपचारकै क्रममा मंगलबार नै उनको मृत्यु भएको आफन्तले जानकारी दिए। जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्।

घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। जिप सडकबाट २० मिटर तल खसेको बुझीएको छ ।

clock बुधबार २६, भदौ २०८१ ०८:१४

प्रतिक्रिया