कैलालीको अत्तरियाका २ सहकारीमा चोरी

  मङ्गलबार २५, भदौ २०८१ १२:०८

धनगढी । कैलालीको अत्तरियाका २ सहकारीमा चोरी भएको छ। अत्तरियामा रहेको साना किसान कृषि सहकारी र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोर पसेका हुन्। चोरी भएको हो। चोरले सहकारीमा तोडफोड गरेर क्यामराको डिभाइससमेत लगेका छन्।

चोर झ्यालको ढोका फुटाएर सहकारी भित्र प्रवेश गरेका हुन्। चोरले ऋण शाखाको कोठाको ढोका फुटाएर लकरबाट चोरी गर्ने प्रयास गरेका छन्। लकरमा चोरले तीन वटा ताला टुटाएका छन्। तर पैसा नभेटेपछि छोडेको पाइएको छ। सहकारीबाट नगद चोरी नभए पनि करिब एक लाख ४० हजारको भौतिक क्षति भएको छ। सोमवार बिहान कार्यालय खोल्ने समयमा चोरी भएको थाहा भएपछि प्रहरीमा खबर गरिएको छ।

मानाङ्क बचत तथा ऋण सहकारीमा पनि चोरले मुख्य ढोकाको च्यानल गेट फुटाएर चोरी गरेको छ। उक्त सहकारीको च्यानल गेटबाट भित्र पसेर हलमा ल्यापटप चोरी गरेर तोडफोड गरेको हो। चोरीले सिसिटिभी डिभाइस पनि लगेका छन। उक्त सहकारीले समेत सोमवार बिहान कार्यालय खोल्न खोज्दा मात्रै थाहा पाएको हो। 

दुबै सहकारीहरूले चोरीको विषयमा इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिएका छन्। प्रहरीले अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले सहकारीमा चोरी भएको बताए। उनले चोरीको घटनामा सङ्लग्नहरूको खोजी कार्य जारी रहेको बताए।

clock मङ्गलबार २५, भदौ २०८१ १२:०८

प्रतिक्रिया