कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते

  मङ्गलबार २५, भदौ २०८१ १०:५४

कञ्चनपुर । कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते भएका छन्। बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका हुन्।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन। 

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ।

clock मङ्गलबार २५, भदौ २०८१ १०:५४

प्रतिक्रिया