कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

  सोमबार २४, भदौ २०८१ १२:३९

कञ्चनपुर । साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो।

डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

clock सोमबार २४, भदौ २०८१ १२:३९

प्रतिक्रिया