अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते

  सोमबार २४, भदौ २०८१ १२:०५

धनगढी ।  कैलालीको अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आइतबार अत्तरियाको पहाड रोडमा सडक किनारामा पल्टिएर अटो दुर्घटना हुँदा २ जना घाइते भएका हुन । 

घाइते हुनेमा गोदावरी नगरपालिका – २ का १७ वर्षीय दिनेश साउँद र १९ वर्षीय सिद्ध राज पाण्डे रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरूको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

clock सोमबार २४, भदौ २०८१ १२:०५

प्रतिक्रिया