धनगढीमा ट्याङकर चालक र सहचालकमाथि चक्कु प्रहार

  आइतबार २३, भदौ २०८१ ०७:४५

धनगढी । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएको छ ।

हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा घाइते छन् । दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्यांकर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको बताए ।

‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने । घटनामा केही ट्यांकरहरुमा पनि तोडफोड गरेको छ । आक्रमणबाट ट्यांकरको अघिल्लो भागको सिसा फुटेको छ ।

clock आइतबार २३, भदौ २०८१ ०७:४५

प्रतिक्रिया