सैपाल ग्याँसले मनायो निःशुल्क मेहेन्दी लगाएर हरितालिका तीज

  शनिबार २२, भदौ २०८१ १०:०२

धनगढी । नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजका अवसरमा सैपाल ग्याँस प्रालीले निःशुल्क मेहेन्दी लगाएर मनाएको छ । 

कञ्चनपुरको आईबिआरडी बजारमा सैपाल ग्याँस प्रालीले महिलाहरूलाई निःशुल्क रूपमा मेहेन्दी लगाएर हरितालिका तिज पर्व मनाएको हो ।

सैपाल ग्याँसको आधीकारीक बिक्रेता सिक्स प्लस ट्रेड एन्ड सप्लायर्सको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको सैपाल ग्याँसले जनाएको छ । 

सैपाल ग्याँसले फरक शैलीमा मनाएको तीजमा निःशुल्क मेहेन्दी पहिलो पटक घर नजिकै लगाउन पाएपछि महिलाहरूले खुसी व्यक्त गरेका थिए । 

 

 

 

clock शनिबार २२, भदौ २०८१ १०:०२

प्रतिक्रिया