धनगढीमा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना, ४ जना घाईते

  शनिबार २२, भदौ २०८१ ०८:५४

धनगढी । धनगढीको डिकै आयल स्टोर नजिकै दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल र चालक अछामको साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँदले चलाएको से ७ प ५७४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा शुक्रवार दुर्घटना भएको हो।

दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल चालक चन्द रहेका छन्। चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ।

यस्तै से ७ प ५७४१ नम्बरको मोटरसाईकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। साउदले चलाएको मोटरसाईकलमा पछाडी सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय विरेन्द्र बोहरा घाईते भएको प्रहरीले जनाएको छ।

चारै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरेहेको छ। प्रहरी सहायक निरिक्षक जगतप्रसाद अवस्थीको कमाणडमा प्रहरी टोली दुर्घटना स्थलमा खटिएको र चारै जनाले मादक पदार्थ सेवन गरेको जनाइएको छ। दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।

clock शनिबार २२, भदौ २०८१ ०८:५४

प्रतिक्रिया