बझाङको जयपृथ्वी राजमार्ग सूचारु

  शुक्रबार २१, भदौ २०८१ १७:२६

धनगढी । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ। 

अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो।

 जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीलले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन समय लागेको बताए।

 ‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाए यातायातका साधन चल्न सुरु भइसकेको छ,’ डिएसपी भण्डारीले भने, ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लागेको थियो।’

clock शुक्रबार २१, भदौ २०८१ १७:२६

प्रतिक्रिया