एनपिएलमा सबैभन्दा महँगो टिम पोखरा, सबैभन्दा सस्तो कर्णाली

  बिहिबार २०, भदौ २०८१ २१:०६

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियम लिग (एनपिएल) मा पोखरा टिम सबैभन्दा महँगो मूल्यमा विक्री भएको छ।

नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख तिरेर पोखरा टिम किन्यो। यो कम्पनीले यस अगाडिको टी(२० लिगमा पोखरा एभेन्जर्सको नाममा सहभागी भएको थियो।

क्यानले पहिला ६ वटा टिमका लागि आर्थिक प्रस्ताव माग गरे पनि पछि टिम बढाएर ८ वटा बनाएको थियो। केही दिन अगाडि कम्पनीले पत्रकार सम्मेलन गरेर पोखरा टिम आफ्नो कम्पनीलाई दिन माग समेत गरेको थियो। काठमाडौँ टिमको स्वामित्व कान्तिपुर पब्लिकेशनले पायो। उसले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा सो टिम पाएको हो।

चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजारमा चितवनको स्वामित्व पायो। एमएडी ड्रिम्स प्रालिले १ करोड ५१ लाख रुपैयाँमा विराटनगर टिमको स्वामित्व पायो। लुम्बिनी टसमका लागि फर्च्युना हेल्थ केयरले १ करोड ८६ लाख र जनकपुर टिम ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँमा किनेका थिए।

१ करोड ११ लाख ७० हजार रुपैयाँ तिरेर हिमालयन बिल्डर्सले कर्णाली टिमको स्वामित्व लियो। इम्पायर स्पोर्टस प्रालिले १ करोड ६८ लाख, ८८ हजार ८८८ रुपैयाँमा सुदूरपश्चिम टिम किन्यो। आठ वटा टिम किन्न १३ कम्पनीले आवेदन दिएका थिए।

क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताबारे क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काबीच आन्तरिक द्वन्द्व भने बढाएको देखिन्छ।

clock बिहिबार २०, भदौ २०८१ २१:०६

प्रतिक्रिया