धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने

  बुधबार १९, भदौ २०८१ ०७:५९

धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा असोज १ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५००­/२५०० सय हात पार्ने छ ।

प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदान (महोत्सव लाग्ने ठाउँ) मा खेलाइने छ भने टिम दर्ता शुल्क  ५ हजार ५ सय लाग्ने छ ।

clock बुधबार १९, भदौ २०८१ ०७:५९

प्रतिक्रिया