दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला
दार्चुला । दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए। उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। पोस्र्टमार्टमका लागि छिमीको शव भारतको बाटो हुँदै जिल्ला अस्पताल दार्चुला आज ९बिहीवार० पुग्ने प्रहरीले बताएको छ।
सम्बन्धित शिर्सक
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया