दार्चुलामा हिमपहिरोमा पुरिएर ८ जना बेपत्ता

  मङ्गलबार १९, बैशाख २०८० १७:०८     विश्वास खबर

दार्चुला । दार्चुलामा हिमपहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो पौने ३ बजेको समयमा जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिमपहिरोमा पुरिएर यार्सागुम्बा संकलन गर्न गएका ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले हिमपहिरोमा परेर एक जना घाइते भएको र ८ जना पुरिएको खबर प्राप्त भएको जानकारी दिए ।

उनकाअनुसार अहिले जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त हुन भने बाँकी रहेको छ ।

clock मङ्गलबार १९, बैशाख २०८० १७:०८     विश्वास खबर

प्रतिक्रिया