विक्रमको ‘घुम्न जाँऊ सुदूरपश्चिम नेपाल’ बोलको गीत सार्वजनिक

  शुक्रबार ३२, साउन २०८१ ०६:३२

धनगढी । गायक विक्रम कुँवर (प्रतीक) ले ‘घुम्न जाँऊ हजुर सुदूरपश्चिम नेपाल’ बोलको गीत बजारमा ल्याएका छन्। कुँवरले बुधवार युट्युबमा नयाँ गीत सार्वजनिक गरेका हुन्।

निरुता विष्टको युट्युबमा बुधवार सार्वजनिक गरिएको गीतमा सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र समेटेर सुमधुर सँगीतमा गायक कुँवर, भोजराज भट्ट र भुवनप्रसाद भट्टको स्वर रहेको छ।

डेउडा लयमा रचना गरिएको गीतमा शब्द रचना भने विक्रम कुँवर (प्रतीक) गरेका हुन्। गीतमार्फत सुदूरपश्चिमका रमणीय धार्मिक तथा पर्यटकीय स्थलको जानकारी दिने काम गायक कुँवरले गरेका छन्।

७ मिनेट ४६ सेकेन्ड लामो गीतमा सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थल शब्द, लय र भिडियोमा उतार्ने काम सर्जक कुँवरले गरेका छन्। 

उनले युट्युबमा राखिएको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्। गायक कुँवर नेकपा माओवादी केन्द्रका युवा नेता समेत हुन्।

clock शुक्रबार ३२, साउन २०८१ ०६:३२

प्रतिक्रिया