धनगढीमा निस्शुल्क एक्सपर्ट एजुकेसन एक्सोपो हुँदै

  बुधबार ३०, साउन २०८१ २०:१८

धनगढी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सोपो आयोजना गर्ने भएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै भोली (बिहिबार) ३१ गते बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने भएको हो ।

 धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सपो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्

उनले विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको र कार्यक्रममा अभिभावकहरु पनि सहभागी हुन पाउने निर्देशक चौधरीले बताइन् । कार्यक्रममा देशका  विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । 

कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन दीन कार्यक्रमको गरीएको चौधरीको भनाइ छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको धनगढी शाखाले विभिन्न समयमा विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिँदै आएको छ ।

अष्ट्रेलिया, क्यानडा, वेलायत, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्याथीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले धनगढीबाट सुविधा दिदै आएको छ ।


विशेष गरी अष्ट्रेलिया, युके, क्यानाडा र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको प्रबन्ध निर्देशक चौधरीले बताइन् । एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पुर्याउने काम गर्दै आएको छ । 

सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी २२ देशहरुमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको जनाइएको छ ।

clock बुधबार ३०, साउन २०८१ २०:१८

प्रतिक्रिया