जापानमा मृत्युु भएका बैतडीका अवस्थीका परीवारलाई आर्थिक सहयोग
धनगढी । बैतडीको पाटन नगरपालिका–३ घर भई जापानमा मृत्यु भएका जनक प्रसाद अवस्थीका परीवारलाई आर्थिक सहयोग गरीएको छ । सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवले आर्थिक संकलन गरेर उनका परीवारलाई सहयोग गरेको हो ।
म्यासेन्जर व्वाइज ग्रुवका सदस्य कुल बहादुर रावलले आर्थिक सहयोग अभियान सन्चालन गरी संकलन गरीएको १ लाख ६६ हजार रकम उनका वुवाको खातामा जम्मा गरीएको बताए ।
साथै आर्थिक सहयोग अभियान जोडीएर सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान सकीएको समेत घोषणा गरेको छ ।
सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवले जापानमा समस्यामा परेका सुदूरपश्चिमेलीहरुलाई सहयोग गर्दै आएको अर्का सदस्य किसोर सिंहले जानकारी दीए ।
पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको थियो ।
अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तको भनाई छ ।
साथीहरुसँग नुहाउन समुद्री किनारमा गएका अबस्थीको त्यही डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।
प्रतिक्रिया