सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

  बुधबार ३०, साउन २०८१ ०७:३८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । 

यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११/११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

जसमध्ये मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जनाले मत दिने देखिएको छ । 

clock बुधबार ३०, साउन २०८१ ०७:३८

प्रतिक्रिया