पूर्वप्रधानमन्त्री चन्दलाई बैतडीमा सामूहिक अभिनन्दन
बैतडी । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाले सामूहिक रूपमा विशेष सम्मान गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा योगदान गरेकोमा कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो ।
साहित्य पत्रकार सङ्घ, जनमत वाङ्मय प्रतिष्ठान, नेपाल बालसाहित्य समाज, नेपाली कला–साहित्य डटकम, वासु–शशि स्मृति परिषद्, विश्व नेपाली साहित्य प्रतिष्ठानसहित १०१ संस्थाले खादा, माला र सम्मानपत्रसहित अभिनन्दन गरेका उहाँका भाइ कृष्णबहादुर चन्दले जानकारी दिए । अभिनन्दनपत्रमा चन्दले आख्यान तथा निबन्धमार्फत नेपाली समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै चन्दले देश जोगाउन सबै राजनीतिक दल एक हुनुपर्ने धारणा व्यक्त गरे । उनले राजनीतिक दलले आआफ्नो व्यक्तिगत स्वार्थभन्दामाथि उठेर एकताका साथ अघि बढ्न सके मात्र देश र जनताको भलो हुन सक्ने बताए ।
प्रतिक्रिया