कैलाली र डडेल्धुराबाट ७ फरार प्रतिवादी पक्राउ

  मङ्गलबार २९, साउन २०८१ ०७:२७

धनगढी । सुदूरपश्चिमबाट एकैदिने प्रहरीले ७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सोमबार प्रहरीले सुदूरपश्चिम प्रदेशका कैलाली र डडेल्धुराबाट ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र ११ हजार ५०० जरिवाना तोकिए धनगढी उपमहानगरपालिका – ५ का २६ वर्षीइ हृदय शाहीलाई पक्राउ गरेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कैद सजाय तथा जरीवाना ठहर गरेका ६जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अभद्र ब्यवहार मुद्दामा ३ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका – ५ का ४२ वर्षीय तिर्थ भण्डारी रहेका छन ।

त्यस्तै जुवा मुुद्धामा ३ देखि ५ हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका – २ का ४१ वर्षीय तेज बहादुर ऐर, अमरगढी – १ का ३९ वर्षीय पुर्ण दमाई, पर्शुराम नगरपालिका – १२ का ३५ वर्षीय नरेन्द्र बहादुर थापा, पर्शुराम – ४ का ४४ वर्षीय टेक बहादुर बोहरा र दाङको तुल्सीपुर उपमहानगरपालिका – ७ का ४० वर्षीय रोमहर्ष भण्डारी रहेका छन ।

clock मङ्गलबार २९, साउन २०८१ ०७:२७

प्रतिक्रिया