धनगढीमा प्रदेश स्तरीय अन्तर क्याम्पस खुल्ला भलिबल प्रतियोगिता हुने

  मङ्गलबार २९, साउन २०८१ ०६:४२

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरीय अन्तर क्याम्पस खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसको आयोजनामा दोस्रो एएमसी कप २०८१ भदौ २६ गतेबाट २९ गतेसम्म हुने भएको हो।

प्रतियोगितामा प्रदेश भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूले सहभागी हुन पाउने स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसका अध्यक्ष कुबेर खड्काले जानकारी दिए ।

प्रतियोगिता मार्फत खेलाडीको प्रतिभालाई पहिचान गरी सुदूरपश्चिमका खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउनु रहेको अध्यक्ष खड्काको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १ लाख ११ हजार, ६१ हजार र ३० हजार नगद सहित ट्रफि मेडल सहित प्रमाणपत्र पाउने उनले जानकारी दिए ।

सहभागी हुने प्रत्येक क्याम्पस वा शैक्षिक संस्थाले सुदूरपश्चिमभन्दा बाहिरको खेलाडीहरू टिममा सहभागी गराउन पाउने छैन। कुनै पनि विभागमा आबद्ध भएको खेलाडीले यो प्रतियोगितामा सहभागी हुन नपाउने उनको भनाई छ । 

clock मङ्गलबार २९, साउन २०८१ ०६:४२

प्रतिक्रिया