नेपालसहित विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो

  बुधबार २७, बैशाख २०८० ०९:४०

काठमाडौं  । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने सबै १० देशको टुंगो लागेको छ । आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वत: छनोट हुने आठ टिमको टुंगो लागेको हो।

खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिका विश्वकपमा छनोट भएको छ। एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। नेपालले लिग(२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।

क्रिकेट विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका हुन् । 

आइसीसी एकदिवसीय विश्वकपमा छनोटका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउँदै छन् । विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।

null

clock बुधबार २७, बैशाख २०८० ०९:४०

प्रतिक्रिया