बझाङबाट बेपत्ता भएका ३ बालिक डडेल्धुरामा भेटिए

  मङ्गलबार २२, साउन २०८१ ११:१६

बझाङ । बझाङबाट बेपत्ता भएका ३ बालिक डडेल्धुरामा भेटिएका छन् । जयपृथ्वी नगरपालिका-७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन् ।

तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । उनीहरु आइतबार साउन २० गते विद्यालय जान्छु भनी हिँडेका थिए ।

 

clock मङ्गलबार २२, साउन २०८१ ११:१६

प्रतिक्रिया