कैलाली मोडेल अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा बालबिहानीका गोले प्रथम

  शनिबार १२, साउन २०८१ १३:०२

धनगढी । धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताका धनगढीकै बालबिहानीका छात्र रोशन गोले प्रथम भएका छन्।

शुक्रवार भएको प्रतियोगितामा वाल्मिकि स्कुलका अर्नव तिवारी द्वितीय तथा सिसिएसका  दिपेश निडेल र वाल्मिकिकै अविनभ खड्का तृतीय भएका हुन्।

धनगढीका १० विद्यालयका ४० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः १० हजार ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश टेबल टेनिस संघका अध्यक्ष रमेश पाण्डे र कैलाली मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।

विद्यार्थीहरूको चौतर्फी विकासका लागि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता गरिएको आयोजक कैलाली मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक सिंहले बताए।

clock शनिबार १२, साउन २०८१ १३:०२

प्रतिक्रिया