आठौँ एसियन कराँतेमा स्वर्ण पदक बिजेता कैलालीकी मनिषालाई सम्मान

  बुधबार ०९, साउन २०८१ १८:२५

धनगढी । भुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । 

नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गेह नगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् ।

भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४ किलोमा गौरव नेपाल, ८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियर तर्फ –५५ किलोमा एलोन श्रेष्ठ, –६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र ८४ किलोमा विप्लब लाल श्रेष्ठले स्वर्ण दिलाए । 

क्याडेटको महिलातर्फ –४२ किलोमा वर्षा राई, –४७ किलोमा प्रोसिया चौधरी, –६१ किलोमा मनिषा कुमारी बोहरा, महिलातर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाईवा, –५३ किलोमा समीक्षा ढुंगाना, यू–२१ को –४५ किलोमा प्रियन्का शाही, –५० किलोमा अन्जली महर्जन र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाएका थिए ।

त्यसैगरी महिला सिनियरतर्फ –४५ किलोमा वर्षा बुढामगर,–६१ किलोमा निरुपा तामाङग र  ६८ किलोमा १९औँ एसियाडकी रजत पदक बिजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

clock बुधबार ०९, साउन २०८१ १८:२५

प्रतिक्रिया