जेसिज सप्ताहको दोश्रो दिन, मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

  सोमबार ०७, साउन २०८१ १५:५२

धनगढी । धनगढी जेसिजले शुरु गरेको जेसिज सप्ताह अन्तरगत आज दोश्रो दिन मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । समुदायसँग जेसिज नाराका साथ शुरु भएको जेसिज सप्ताह अन्तर्गत दोश्रो दिन मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो । 

धनगढी स्थित फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मैत्रिपुर्ण फुटसल प्रतियोगितामा धनगढी जेसिज २०२४ को कार्यसमिति, नेपाल खेलकुद पत्रकार मन्च कैलाली, धनगढी जुनियर जेसिज र जेसिज जर्नल सदस्यहरुको टिम सहभागी थियो ।

धनगढी जेसिज २०२४ का अध्यक्ष अरुण सिहंको अध्यक्षतामा आयोजित फुटसल प्रतियोगितामा धनगढी जेसिज २००५ का अध्यक्ष नर नारायण शाह प्रमुख अतिथि रहेका थिए ।

आइतबार शुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन धनगढीमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटविरुवाहरु वितरण गरिएको थियो । साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईदैछ । 

मगंलबार कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना हुने छ । यस्तै वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामाग्री वितरण गरि साउन १२ गतेसम्म सप्ताह मनाईरहेको जेसिज सप्ताहका मुल संयोजक ईन्जिनियर तर्कराज भट्टले जानकारी दिए ।

clock सोमबार ०७, साउन २०८१ १५:५२

प्रतिक्रिया