सुप विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबिच समझदारी

  आइतबार ०६, साउन २०८१ २०:२१

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय एफ डब्लु यु नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌कीबिच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्त, र समकक्षी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌कीका निर्देशक प्राडा के.के. पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सामझदारीले विश्वविद्यालयको शैक्षिक इतिहासमा नयाँ अध्याय थपिएकोमा प्राडा के.के. पन्तले खुशी हुँदै दुई संस्थाबिच दिगो र पारस्परिक रूपमा प्राज्ञिक सहकार्यलाई बढावा दिन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने बताए।

द्धिपक्षीय साझेदारीले संयुक्त रुपमा नयाँ अनुसन्धान कार्यहरू, क्षमता अभिवृद्धि सम्बन्धी गतिविधि, प्राध्यापक र विद्यार्थीबिच ज्ञान आदानप्रदान तथा इन्जिनियरिङ र टेक्नोलोजीमा संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने सुप विश्वबिधालयका उपकुलपति प्राडा हेमराज पन्तले बताए।

clock आइतबार ०६, साउन २०८१ २०:२१

प्रतिक्रिया